Rumpum Advertisement

एकलाख ९९ हजार भारतीय रुपैयाँसहित विराटगरबाट भारतीय नागरिक पक्राउ

एकलाख ९९ हजार भारतीय रुपैयाँसहित विराटगरबाट भारतीय नागरिक पक्राउ

विराटनगर / प्रहरीले अबैध भारतीय रुपैयाँसहित एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।

शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पक्राउ परेकाकाे साथबाट भारतीय रुपैयाँ ५०० को नोट ३ सय ९० वटा र दुई हजारको दुईवटा नोट फेला परेको थियाे ।