Rumpum Advertisement

विपी प्रतिष्ठानमा साइन्टिफिक कार्यक्रम

Neuro
विपी प्रतिष्ठानमा साइन्टिफिक कार्यक्रम

धरान । विपी प्रतिष्ठान धरानमा हरेक वर्ष हुने साइन्टिफिक कार्यक्रमको २७ औँ संस्करण सम्पन्न भएको छ । गत सोमबारबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमासुरू भएको २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीको उपस्थीतिमा समापन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका लागी प्राप्त भएका १ सय ४९ वटा एबस्ट्राक (अनुसन्धानका सांराश) मध्ये विभिन्न विधाका उत्कृष्ट ५ वटा एबस्ट्राकलाई समापनका बेला पुरस्कृत गरिएको थियो ।

जस अर्न्तगत बेस्ट ओरल पेपर फ्याक्लटी विधामा डाक्टर अभिनय लुइँटेल विजेता बनेका छन । यस्तै, बेस्ट ओरल पेपर पोस्ट ग्राजुएट विधामा रमु महर्जन र बेस्ट ओरल, पोस्टर केस रिपोर्ट पोस्ट ग्राजुएट विधामा डा पुष्पा उपाध्याय विजयी बनिन ।

यसैगरी, बेस्ट ओरल पेपर अन्डर ग्राजुएट विधामा जगतकिरण ओली र बेस्ट पोस्टर अन्डर ग्राजुएट विधामा निशान्त डल्लाकोटी विजयी बनेका छन । अर्को पोस्ट ग्राजुएटको अरिजिनल आर्टिकल पोस्टर विधामा भने कुनै पनि एबस्ट्राक प्राप्त नभएको आयोजकले जनाएको छ ।

एबस्ट्राकका लागी विभिन्न विभागका २६ जना निर्णायकहरू रहेका थिए ।

कार्यक्रममा बोल्दै उपकुलपित गिरीले महामारीकाबिच समेत प्रतिष्ठानको वार्षिक कार्यक्रम गर्न सफल भएको बताए ।

कोरोनाका कारण पहिलो पटक डिजिटल प्लाटफर्ममा कार्यक्रम गरीएकोमा अघिल्ला वर्षहरू भन्दा बढी सहभागी भएको कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा.डा. परीचा उपाध्यायले जानकारी दिइन् ।