Rumpum Advertisement

अनुहारलाई स्वस्थ राख्न यसो गर्नुहोस्

अनुहारलाई स्वस्थ राख्न यसो गर्नुहोस्

विराटनगर / हामी बिहान उठेपछि आफ्नो मुख अनिवार्य धुन्छौं । आफुलाई आकर्शक देखाउन सनस्क्रीन, मेकअप तथा अन्य धेरै चीजहरूको समेत प्रयोग गर्छौं । राति सुत्नुअघि अनुहार सफा गर्न अल्छी लाग्न सक्छ ।

जाडोको समयमा पानी चिसो हुने कारण अधिकांशले रातको समयमा मुख नधोई सुत्ने गर्छन् । तर, राति सुत्न अघि मुख धुने बानी छैन भने अनुहार तथा छालाका लागि धेरै हानिकारक हुनसक्छ । एकदिन मुख नधुदा केहि पनि हुन्न भन्ने सोच आउन सक्छ । तर, एक दिनको लापरवाहीले मात्र पनि अनुहारमा पिम्पल्स, ब्ल्याकहेड्स र फ्रेकल्सलगायतका समस्या निम्त्याउन सक्छ ।

छालालाई सफा र स्वस्थ राख्न राति सुत्नु अघि मुख धुन आवश्यक छ । दिउँसो मेकअप गर्नु हुन्छ रातको समया अनिवार्य अनुहार सफा गर्नुहोस् । मुख धुदा मेकअप हट्छ । मुख धुनाले मेकअप हटाउँनुका साथै दिनभरि अनुहारमा टासिएको धुलो र फोहोर पनि हट्छ । मेकअपले फोहोरकालागि चुम्बकको रूपमा काम गर्छ । मेकअपका कारण छालाका पोर्स फोहोरले भरिएर बन्द हुन्छ ।
छालामा भएका मसिना प्वाल बन्द भए पिम्पल्सको समस्या सुरू हुन सक्छ ।

दिनभर थाहा नपाइ धेरै पटक अनुहार छुनाले विभिन्न ब्याक्टेरिया टासिएर अन्य जोखिम पनि बढ्दै जान्छ । त्यसकारण पनि सुत्न अघि मुख धुन आवश्यक हुन्छ । हामी दिनभरि फ्रि रेडिकलसँग सम्पर्कमा रहन्छौं । फ्री रेडिकलले कोलेजेनलाई टुक्र्याएर चाउरिपनको समस्या निम्त्याउँछ ।

रातमा अनुहार धुँदा यी फ्रि रेडिकलहरूबाट छुटकारा पाउन सकिन्छ । जसले चाउरिपनबाट जोगाउँछ । काजल, आईलाइनर वा मस्करा लगाएर सुत्नाले आँखा पोल्ने, चिलाउने तथा विभिन्न सङ्क्रमणको जोखिम हुन्छ । त्यसैले मुख धोएर सुत्दा आँखा पनि सफा हुन्छ र आँखामा हुने समस्याबाट जोगिन सकिन्छ ।

सुत्ने समय छालामर्मत हुने समय पनि हो । यस समयमा छाला युभी रे तथा प्रदूषण विरुद्ध लड्ने गर्छ । यस्तो अवस्थामा रातमा अनुहारमा लगाउने उत्पादन बढी प्रभावकारी हुन्छ र राम्रोसँग काम गर्छ । त्यसैले छालालाई स्वास्थ राख्नका लागी रातमा सुत्नु अघि राम्ररी मुख धोएर मोइस्चराइजरको प्रयोग गर्दा उपयुक्त हुन्छ ।