Rumpum Advertisement

विराटनगरमा १५ सहित प्रदेशमा थपिए ७७ सङ्क्रमित, ८६ डिस्चार्ज

Neuro
विराटनगरमा १५ सहित प्रदेशमा थपिए ७७ सङ्क्रमित, ८६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा थप७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५५७ जनाको पिसिआर जाँच गर्दा मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको मेचीनगर र विर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ ।