Rumpum Advertisement

एसिडिटीको समस्याबाट राहत दिने केही खाना

एसिडिटीको समस्याबाट राहत दिने केही खाना

विराटनगर । पेट र मुटुमा भरिएका ग्यासले असहज अनुभव गराइ एसिडिटीले कुनै पनि समय हुन सक्छ । भोजनको बीच लामो दूरीको भएमा, नियमित रूपमा धेरै मसलादार खाना, चिया–कफीको साथ अत्याधिक सेवनलगायत एसिडिटीका धेरै कारण हुन सक्छन् ।

गलत खानाले यस समस्यालाई ट्रिगर गर्न सक्छ भने केही खानाले तत्काल एसिडिटीबाट मुक्त हुन मद्दत गर्छन् । तल दिइएका केही खानाले एसिडिटीको समस्याबाट राहत पाउन मद्दत गर्न सक्छन्ः

केराः केरा सायद सबैभन्दा राम्रो प्राकृतिक एन्टिएसिड हो, जसले एसिडिटीविरुद्ध रक्षा गर्छ । केरा उत्तम खाजाको विकल्प हो । असहज र पेट पोलेको जस्तो अनुभव भएमा केराको सेवनले तत्काल राहत प्रदान गर्छ ।

तुलसीः तुलसी पातमा हुने गुणले एसिडिटीबाट तत्काल राहत दिन्छ । एसिडिटी भएका केही तुलसी पात चपाउने वा एक कप पानीमा ३–४ तुलसी पात राखेर उमालेर पिउन सकिन्छ ।

लस्सीः लस्सीमा हुने ल्याक्टिक एसिडले वास्तवमा पेटमा एसिडिटी नियमित गर्न मद्धत गर्छ । भारी वा मसलादार खाना खाइसकेपछि एक गिलास लस्सीको सेवनले एसिडिटीको समस्याबाट जोगाउन मद्दत गर्छ ।

नरिवल पानीः नरिवल पानीले शरीरको पिएच स्तरलाई अम्लीयबाट अल्कलाईनमा बदल्न मद्धत गर्छ । साथै, नरिवल पानीको सेवनले पेटलाई अरु एसिड उत्पादनको हानिकारक प्रभावबाट बचाउँछ ।

चिसो दूधः चिसो दुधको सेवनले पेटमा ग्यास्ट्रिक जुसहरूलाई स्थिर गर्न मद्दत गर्छ । क्याल्सियमको उच्च मात्रा हुने चिसो दूधले पेटमा एसिडको अत्याधिक निर्माणलाई रोक्छ । एसिडिटी अट्याक भएका चिसो दूधको सेवन गर्न सकिन्छ । तर, दूधसँग एलर्जी हुनेहरूले भने यो उपाय अपनाउनु हुँदैन ।

सौफः सौफको सेवन एसिडिटी रोकथाम गर्ने उत्तम उपाय हो । पाचन पथलाई स्वस्थ राख्न, पेट फुल्ने समस्या तथा अपच भएमा सौफको सेवन गर्न सकिन्छ ।

सुकमेलः सुकमेल वा इलाइचीले पाचनलाई उत्तेजित गरेर पेटको भित्तामा हुने फोहोरलाई हटाउँछ । यसले पेटमा उत्पादन हुने अत्यधिक एसिडका खराब प्रभावलाई हटाउनसमेत मद्धत गर्छ । एसिडिटीको समस्या भएमा सुकमेलको सेवन गर्ने वा यसलाई पिसेर पानीमा उमालेर पिउन सकिन्छ ।

गुँडः उच्च म्याग्नेशियम हुने गुँडको सेवनले आन्द्राको शक्ति बढाउन मद्दत गर्नुका साथै खाना पचाउन सहायता गर्छ ।