Rumpum Advertisement

एसियाकै ठूलो ‘मेहल ढुङ्गा’

Neuro
एसियाकै ठूलो ‘मेहल ढुङ्गा’

काठमाडौं/ पर्वतको महाशिलामा रहेको एसियाकै ठूलो ढुङ्गा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुङ्गा छ, जसको पुरानो नाम मेहल ढुङ्गा हो ।

महाशिला गाउँपालिकामा पर्ने यो ढुङ्गा एसियाकै ठूलो ढुङ्गा भएको स्थानीयको दावी छ ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुङ्गा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ । विगतमा प्रचारप्रसारको अभावका कारण यो ढुङ्गाको खासै चर्चा हुनेगरेको थिएन ।

पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुङ्गा पुग्न सकिन्छ । मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरू भने खासै पुगेको पाइँदैन । तर अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरू निर्माण र होमस्टे सञ्चालन गरिएको छ ।

यस्तै महाशिला ढुङ्गालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।

यसबाहेक पानी धारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप एक सय ८ धारा निर्माण सम्पन्न भइसकेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुङ्गा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले एक सय ८ फिट भगवान शिवको मूर्ति निर्माणको काम अगाडि योजनासमेत गाउँपालिकाको छ ।

दीर्घकालीन योजनाअनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउनेलगायतका योजनाहरू पनि गाउँपालिकाले बनाएको छ ।