Rumpum Advertisement

किसमिसको सेवनले प्रशोधित खाना खाने लोभलाई रोक्नसक्ने

Neuro
किसमिसको सेवनले प्रशोधित खाना खाने लोभलाई रोक्नसक्ने

विराटनगर / कुनै पनि खाना खाने चाहना वा लोभ (फुड क्रेभिङ्ग) के हो भनेर कुनै परिचय दिन आवश्यक हुँदैन । कहिलेकाँही फ्रेन्चफ्राइज, मिठाइ, मःम वा केही गुलियो पेयपदार्थ हुनसक्छ ।

लोभ र खाना प्रलोभन सबैलाई विभिन्न तरिकाले हुने गर्छ । तौल घटाउने आहारको सेवन गरिरहेकालाई खानाको चाहना हुँदा यसलाई प्रतिबन्धित गर्नु सबैभन्दा कठिन चीजमध्ये एक हो ।

वास्तवमा यी लोभबाट मुक्त हुन सकिँदैन, तर, मस्तिष्कको रिसेप्टिभ सेन्सरलाई प्रशोधित तथा जङ्क फुडलाई मन नपराउन प्रशिक्षण दिनुपर्ने हुन्छ । जुन किसमिसको सहयताले हुन सक्छ ।

प्रत्येक दिन केवल एक किसमिसको सेवनले मात्र पनि कुनै खास खाद्यान्न वस्तुको सेवन गर्ने लोभलाई कम गर्ने सरल र सबैभन्दा प्रभावकारी तरिका हुन सक्छ । यो तौल घटाउन चाहेकाहरूका लागि निकै नै फाइदाजनक हुने गर्छ ।

तर, यसका लागि विस्तारै किसमिसको सेवन गर्नुपर्ने हुन्छ । ध्यान दिएर खाएको किसमिसले शरीरमा ध्यान केन्द्रित गर्न मद्धत गर्छ । किसमिस वा सुख्खा अङ्गुरमा हुने रसायनले अन्य प्रशोधित खाना खाने लोभलाई रोक्नसक्ने क्षमता राख्छ ।

किसमिसको सेवनले शरीरमा रासायनिक प्रतिक्रिया सुरु गर्छ जसकारण सास फेर्ने गतिलाई विस्तार गर्छ । किसमिसमा गाबा नामक शक्तिशाली न्यूरोट्रान्समिटरले भोकलाई स्थिर गर्न, पाचन तथा तनावको स्तरलाई कम गर्न सक्छ । जुन कुनै खास खाद्यान्न वस्तुको सेवनको चाहनाको कारण हुन सक्छ ।

प्राकृतिक चिनी र भिटामिनमा धनी किसमिसलाई तौल घटाउन उपयोगी हुने खाजाको रूपमा प्रयोग गर्न सकिन्छ । कृत्रिम चिनीका स्रोतमा निर्भर हुनु नपर्दा तथा यसको सेवनले रगत चिनी स्तर नियन्त्रण गर्न सक्ने हुँदा यसले तौल घटाउन सहयोग गर्छ । किसमिसलाई पानीमा भिजाएर खानु सबैभन्दा उत्तम तरिका मानिन्छ ।