Rumpum Advertisement

आज थप एक हजार ४४ जनामा सङ्क्रमण

Neuro
आज थप एक हजार ४४ जनामा सङ्क्रमण

विराटनगर/ देशभर शुक्रबार थप एक हजार ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप एक हजार ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४६ हजार छ सय ९४ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज एक हजार दुई सय ७१ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार छ सय ७४ पुगेको छ ।