Rumpum Advertisement

कुकुरलाई मानिसको पसिना सुँघाएर कोरोना पत्ता लगाउन प्रशिक्षण दिन सकिने

Neuro
कुकुरलाई मानिसको पसिना सुँघाएर कोरोना पत्ता लगाउन प्रशिक्षण दिन सकिने

विराटनगर / कुकुरलाई मानिसको पसिना सुँघाएर कोभिड १९ पत्ता लगाउन प्रशिक्षण दिन सकिने अध्ययनले देखाएको छ । लागुपदार्थ, हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउनका लागि एयरपोर्ट र केही अन्य सार्वजनिक स्थानमा कुकुरको प्रयोग हुँदैआएको छ ।

तर, विशेष तालिमप्राप्त कुकुरलाई कोलोन क्यान्सर, मलेरिया र पार्किन्सन रोगलगायत सङ्क्रमण र रोग पत्ता लगाउन पनि सिकाइएको छ । फ्रान्स र लेबनानमा रहेका अनुसन्धानकर्ताको टोलीले पेरिसका चार, बेरूतमा एक अस्पतालको एक सय ७७ जना बिरामीरूको काखीको पसिना नमूना लिएका थिए ।

ती बिरामीमध्ये ९५ जना सङ्क्रमित थिए भने ८२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । कुकुरहरूले कुनै खास अस्पतालको गन्ध थाहा नपाओस् भनेर दुवै पोजिटिभ र नेगेटिभ नमूनाहरू एकै अस्पतालबाट लिइएको थियो ।

केही पसिना नमूनाहरूको प्रयोग गरेर, विस्फोटक पत्ता लगाउने, खोजी र उद्धार गर्ने वा क्यान्सर पत्ता लगाउने १४ वटा कुकुरलाई प्रशिक्षण दिइयो । तीमध्ये ६ जनाको सुँघ्ने क्षमता औपचारिक रूपमा अध्ययनमा परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताले कुकुरलाई पोजिटिभ, नेगेटिभ र नक्कली पसिना नमूनामध्ये पोजिटिभ नमूना पत्ता लगाउन भनियो । वैज्ञानिकका अनुसार कुकुरहरूले पसिनाको माध्यमबाट शरीरबाट निस्किने विषाणुको प्रतिकृतिले उत्पादन गर्ने अस्थिर जैविक यौगिकद्वारा उत्पादित विशिष्ट गन्ध लिन्छन् ।

७६ प्रतिशतदेखि सय प्रतिशतबीचको सफलता दरसहित परीक्षण अवधिमा कुकुरहरूले दर्जनौं परीक्षणहरू गरे । छमध्ये दुई कुकुर (जो कोलोन क्यान्सर पत्ता लगाउने विशेषज्ञ थिए) उनले ६८ टेस्टमा शतप्रतिशत सफलता प्राप्त गरेका थिए ।

कुकुरलाई एयरपोर्ट जस्ता व्यस्त ठाउँमा प्रयोग गर्दा भाइरस बोकेका मानिसहरूलाई छिटो पहिचान गर्न सकिन्छ । तर, प्रशिक्षित कुकुरले लक्षणविहीन कोभिड सङ्क्रमितलाई सही रूपमा छुट्याउन सक्षम भएपनि, एक पूर्ण पहिचान परीक्षण मान्नु नमिल्ने अध्ययनमा उल्लेख गरिएको छ ।