Rumpum Advertisement

‘कबड्डी कबड्डी कबड्डी’ अब अमेजन प्राइम भिडियोमा

‘कबड्डी कबड्डी कबड्डी’ अब अमेजन प्राइम भिडियोमा

विराटनगर/ नेपाली कथानक सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ । अब युके–युएसमा रहेका दर्शकहरूले फिल्मलाई अमेजन प्राइम भिडियोमार्फत सजिलै हेर्न पाउने भएका छन् ।

फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रेश्मा गुरुङ, विजय बराल, बुद्धी तामाङ, कर्मा शाक्य, विल्सनविक्रम राईलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ गत वर्ष असोज महिनामा रिलिज गरिएको थियो ।

फिल्मले सोचेको भन्दा दुईगुणा बढी दर्शक तानेको थियो । फिल्मले माउथ पब्लिसिटी कै भरमा राम्रो कमाइ गरेको थियो ।

‘कबड्डी कबड्डी कबड्डी’ युटुबमा रिलिज हुनुअघि अमेजन प्राइम भिडियोमा रिलिज गरिने चर्चा चलिरहेको बेला बिहीबार फिल्मलाई अमेजनमा हालिएको छ ।

अब छिट्टै फिल्मलाई युट्युबमा पनि देख्न सकिने छ तर फिल्म वितरकहरूले यसको लागि दर्शकहरूले अझै थोरै समय पर्खिनुपर्ने सङ्केत दिएका छन् ।