Rumpum Advertisement

चीनमा विमान चालकदलका सदस्यलाई डाइपर लगाउन सुझाव

Neuro
चीनमा विमान चालकदलका सदस्यलाई डाइपर लगाउन सुझाव

विराटनगर/ चीनमा विमान चालकदलका सदस्यलाई डाइपर लगाउन सुझाव दिइएको छ ।
चीनको वायुसेवाको नियामक संस्थाले वायुसेवाहरूलाई दिएको नयाँ निर्देशिकामा हवाइ उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिडको जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई डाइपर लगाउन सुझाव दिएको हो ।

उच्च जोखिम क्षेत्रमा हुने चार्टर्ड उडानका लगि यसप्रकारको सुझाव दिइएको नियामक संस्थाले जनाएको छ । चीनको नागरिक उड्डयन व्यवस्थापन संस्थाले कोरोना भाइरस सङ्क्रमण कम गर्न वायुसेवालाई ४९ पानाको निर्देशिका प्रकाशित गरेको छ ।

डाइपरसम्बन्धी निर्देशिका प्रति दस लाखमा पाँच सयभन्दा बढी सङ्क्रमित भएका क्षेत्रमा हुने चार्टर्ड उडानहरूमा लागू हुने बताइएको छ । डाइपरका साथै चालकदलका सदस्यलाई मास्क, पञ्जा, टोपी, चस्मा, पिपिई र जुत्ता छोप्ने कपडा लगाउनसमेत सुझाइएको छ ।

यात्रुसँग प्रत्यक्ष सम्पर्कमा नआउने विमान चालकलाई भने अन्य सुरक्षा उपाय अपनाउन भनिए पनि डाइपर लगाउने सुझाव भने दिइएको छैन । विश्वभर वायुसेवा र विमानस्थलले पुनः सञ्चाललनमा ल्याउनका लागि सङ्क्रमनको जोखिमलाई कम गर्ने विषयलाई ध्यानमा राखेर देशअनुसार नियमहरू परिवर्तन गरिरहेका छन् ।