Rumpum Advertisement

पाकिस्तानका प्रधानमन्त्रीले विपक्षीहरूलाई भने : कोरोना सङ्क्रमण बढ्छ, जुलुस ननिकाल्नुस्

पाकिस्तानका प्रधानमन्त्रीले विपक्षीहरूलाई भने : कोरोना सङ्क्रमण बढ्छ, जुलुस ननिकाल्नुस्

विराटनगर/ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् ।

पाकिस्तानमा कोरोनाको असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै प्रधानमन्त्री खानले सो जुलुस ननिकाल्न भनेका हुन् ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरू लागेका छन् । उनीहरूले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् ।

यसअघिदेखि नै सरकारले सो नारा जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक–पटक आग्रह गर्दै आएको छ । तर पनि विपक्षीहरूले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरूलाई सार्वजनिक रूपमा यो आग्रह गरेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरू कोरोना भाइरसका बिरामीहरूलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

अर्कातर्फ पाकिस्तानका विपक्षी राजनीतिक दलहरूले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् ।