birat ribon

विप्लव समूहको बर्बरता : पुछियो धनकुमारीको सिन्दूर, चुँडियो पोते

Neuro
विप्लव समूहको बर्बरता : पुछियो धनकुमारीको सिन्दूर, चुँडियो पोते

विराटनगर/ बक्राहा खोला बगरमा मानिसको बाक्लो उपस्थिति थियो । खोला धार नजिकै शव जलाउन चिता तयारी अवस्थामा थियो । केही बेरमा चितामाथि शव राखियो । शव छेउमा रुवाबासी चलिरहेको थियो । मलामी पुगेकाहरूको आँखा ओभानो थिएन ।

शव राखेपछि महिलाले आफूले लगाएको पोते चुँडाएर शवको छात्तीमा राखिदिइन् । सिन्दूर पनि पखालिन् । हृदयविदारक दृश्यले सबैको मन छोयो । सिन्दूर पुछ्ने र पोते चुँडाएर शव माथि राखिदिने महिला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको श्रीमती धनकुमारी थिइन् ।

cura insider

श्रेष्ठको दाहसंस्कार गर्नुअघि ५३ वर्षीया धनकुमारीले पोते छिनाएर शवको छातीमा राखिदिएर अन्तिम बिदाइ गरिन् र अब भेट कहिल्यै नहुनेभन्दै डाँको छाडेर रुन थालिन् । दाहसंस्कार भइरहँदा उनी अर्धचेत थिइन् । राजेन्द्र श्रेष्ठको अन्तिम बिदाईका लागि पुगेकाहरू पनि सम्हालिन सकिरहेका थिएनन् ।

विप्लव समूहले हत्या गरेपछि अकल्पनीय घटना बेहोरेकी धनमायाका लागि मंसिर २३ गते सधैंका लागि कालो दिन बनेको मिक्लाजुङ–१ का वडाअध्यक्ष नरबहादुर राईले बताए ।

पोते छिनाएर श्रीमानको शवमा धनकुमारीले सुम्पिएको यो दृश्य निक्कै हृदयविदारक रहेको राईले बताए । धनकुमारीले आफ्ना श्रीमानलाई जसरी बर्बरतापूर्ण तरिकाले हत्या गरिएको भन्दै त्यसमा संलग्नलाई पनि त्यसरीनै कारवाही गर्न माग गरिन् ।

समूहका नाममा एक अवला नारीलाई विधवा बनाउने दर्दनाक घटना भएको भन्दै श्रेष्ठको बिदाईमा पुगेकाहरूले हत्यारालाई जतिसक्दो कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

विप्लव समूहले नियन्त्रणमा लिएर हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक श्रेष्ठको बिहीबार बिहान अन्त्यष्टि गरिएको थियो । विप्लव समूहले घाँटी रेटेर मंगलबार श्रेष्ठको हत्या गरेको थियो ।

श्रेष्ठको शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भएपछि बुधबार परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका थिए ।

मिक्लाजुङ–२ स्थित मुल घरमा रातभर शव राखेर बिहीबार बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

jackson ribon