Rumpum Advertisement

चितवनमा जीप दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते

Neuro
चितवनमा जीप दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते

चितवन/ चितवनमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान भएको सो दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बोलेरो चालक चितवन इच्छाकामना गाउँपालिका-६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमाकुमारी गुरुङ छन् ।

अहिले घाइतेको उद्धार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ ।

उनका अनुसार सो बलेरो जीप अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत्को खम्बामा ठोक्किएको थियो ।