birat ribon

विराटनगरमा सडकका नाला : स्लाप नलगाउँदा फोहोरले भरियो, दुर्घटनाको जोखिम

Neuro
विराटनगरमा सडकका नाला : स्लाप नलगाउँदा फोहोरले भरियो, दुर्घटनाको जोखिम

मोहन ढकाल
विराटनगर । छ लेन सडक परियोजनाअन्तर्गत विराटनगर खण्डमा निर्माण गरिएको नाला अलपत्र अवस्थामा छ । सडकको किनारमा निर्माण गरिएको नालाको अधिकांश स्थानमा स्लाप (ढक्कन) नलगाई अलपत्र अवस्थामा छाडिएको हो ।

विराटनगर बसपार्कदेखि कञ्चनबारीसम्म दर्जनौं स्थानमा नाला खुला छाडिएको छ । स्लाप नलगाउँदा दुर्घटनाको जोखिम बढाएको नालामा स्थानीयले फोहोर फाल्ने गरेका छन् । केही स्थानमा लगाएको स्लापसमेत भत्किएको छ ।

cura insider

विराटनगरका स्थानीय विमल शाहका अनुसार निर्माण भएका नालामा ढक्कन नलगाउँदा फोहोरले भरिएको छ । ‘सडक निर्माण गर्ने निकायले अलपत्र छाडिएका ठाउँका नालामा ढक्कन लगाउने कार्य छिटो गर्नुपर्छ,’ उनले भने,‘ ढल तथा पानी निकासका लागि बनाइएका नाला फोहोरले भरिएका कारण बर्खामा पानी निकासमा समस्या हुन्छ ।’

नाला निर्माणमा मात्रै ध्यान दिँदा सडक अलपत्र पर्ने अवस्था भएकाले कतैकतै नाला निर्माण कार्य अलपत्र भएको ६ लेन सडक परियोजनाका प्रमुख बद्री शर्माले बताए । कामदार र निर्माण सामग्रीको अभावका कारण निरन्तर काम गर्न नसकिएको उनले बताए ।

उनका अनुसार नालामा नै ढलान गरेर ढक्कन लगाउने ठाउँको काम सकिएको छ । तर बाहिरबाट ढलान गरेर ल्याएर लगाउने ठाउँमा बाँकी छ । बाँकी रहेका स्थानमा चालु आर्थिक वर्षभित्रमा ढक्कन लगाउने उनले बताए ।

jackson ribon