Rumpum Advertisement

फिटनेसमा रोनाल्डोको ध्यान : क्रिसमसमा समेत पिउँदैनन् मदिरा

Neuro
फिटनेसमा रोनाल्डोको ध्यान : क्रिसमसमा समेत पिउँदैनन् मदिरा

विराटनगर/ म्यानचेस्टर युनाइेटडका पूर्वखेलाडी डिमिटार बेर्बाटभले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो मेहनती खेलाडी भएको बताएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा ३९ वर्षीय बुल्गेरिन स्ट्राइकर बेर्बाटभले रोनाल्डो प्रशिक्षणका लागि तल्लिन खेलाडी भएको बताए ।

हाल बेटफेयरका राजदूतसमेत रहेका बर्बाटभले रोनाल्डोसँग एक वर्ष मात्र खेल्न पाए । उनी सन् २००८ मा ओल्ड ट्राफोर्ड आएका थिए । २००९ मा पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडतर्फ हानिए ।

‘म धेरै भाग्यमानी थिएँ कि मैले एक सिजन उनीसँग बिताउन पाएँ । उनी ट्रेनिङका लागि तल्लिन खेलाडी हुन् । उनीसँग प्रशिक्षणमा भाग लिनु भनेको कुनै युद्धमा भाग लिनुजस्तै थियो । किनकि उनी जित्नुबाहेक अरु केही पनि सोच्दैनथिए, सानो अभ्यास खेलमा पनि उनको शैली उस्तै हुन्थ्यो’, उनले भने ।

‘विपक्षीका लागि रोनाल्डो ठूलो चुनौती हुन् । मैले उनलाई कहिल्यै पनि मदिरा पिएको देखिनँ । क्रिस्मसमा पनि उनी पिउँदैथिए । उनको ध्यान फिटनेस र फुटबलबाहेक अरु केहीमा थिएन’, उनले थपे ।