birat ribon

पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान पुनः सञ्चालन हुने

Neuro
पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान पुनः सञ्चालन हुने

काठमाडौँ/ नेपाल–भारत उडान आगामी पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । कोरोना भाइरस महामारीका कारण ४ चैतदेखि स्थगित उडान गर्न दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा सहमति जनाएका हुन् ।

cura insider

दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीतिअन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।

उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने उनले स्पष्ट पारे । यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने प्रतिक्रिया भारतलाई दिएको थियो ।

jackson ribon