Rumpum Advertisement

करोडको कुरा

Neuro
करोडको कुरा

प्रत्यक्षतः कुनै पेसा–व्यवसाय नहुने नेताले पनि करोडभन्दा घटीको कुरा नगरेको देख्दा–सुन्दा कन्टिर–बाबू छक्क पर्छन् । उनलाई लाग्छ कमिसन उठौती, लुटौती, धम्कौती, घुसखौती तिनको आम्दानीको स्रोत हो ।

कन्टिर–बाबूको आग्रह छ– तिनको सम्पत्तिको स्रोत खोजी होस् । उचित र जायज स्रोत भेटिए ठीक छ । नभेटिए सार्वजनिक रूपमा तिनको बहिष्कार गरौँ न !