Rumpum Advertisement

दुर्घटनामा घाइते भएका चालकको मृत्यु

दुर्घटनामा घाइते भएका चालकको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका चालकको बिहीबार राति मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राईको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा ज्यान गएको हो । राई आफैले चलाएको मोटरसाइकल लेटाङ–कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार मंसिर १० गते भएको दुर्घटनामा परेर राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १०ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।