Rumpum Advertisement

टोटनह्याम समूह विजेता

Neuro
टोटनह्याम समूह विजेता

विराटनगर/ इंग्लिस क्लब टोटनह्याम हटस्पर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति समूह चरणको अन्तिम खेल खेलेको टोटनह्यामले एन्वेर्पलाई २–० गोलले हराएको हो ।

टोटनह्यामको मैदानमा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा भिनिसियले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए ।

खेलको ७१औं मिनेटमा लो सेल्सोले गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरे ।

यससँगै समूह ‘जे’को शीर्ष स्थानमा रहेको टोटनह्यामले ६ खेलबाट १३ अंक जोड्यो । एन्वेर्पले पनि उपविजेता बन्दै अघिल्लो चरण्मा स्थान बनायो ।