birat ribon

अपराजित आर्सनल नकआउट चरणमा

Neuro
अपराजित आर्सनल नकआउट चरणमा

विराटनगर/ इंग्लिस क्लब आर्सनल अपराजित रहँदै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

cura insider

बिहीबार राति समूह चरणको अन्तिम खेलमा डन्डल्कमाथि ४–२ गोलान्तरको जित निकालेर आर्सनल आफ्नो विजयी यात्रा कायमै राख्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

डन्डल्कको मैदानमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा इड्डी एनकेइटाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

१८औं मिनेटमा मोहम्मद इल्नेनीले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर बनायो ।

२२औं मिनेटमा घरेलु टोलीका जोर्डान फ्लोरेसले गोल गर्दै खेल २–१ गोलको स्थितिमा ल्याए । ६७औं मिनेटमा जोय विललकले गोल गरेपछि आर्सनलले ३–१ गोलको अग्रता बनायो ।

८०औं मिनेटमा फोलारिन बालोगनले गोल गरेपछि आर्सनलले आफ्नो अग्रता अझ फराकिलो बनायो । खेलको ८५औं मिनेटमा सिन होवारेले गोल गरेपनि आर्सनल ४–२ गोलले विजयी भयो ।

जितसँगै समूह ‘बी’को आर्सननले ६ खेलबाट १८ अङ्क जोड्यो । पराजित डन्डल्क भने अङ्कविहीन रह्यो ।

सोही समूहको मोल्डेले रापिड विनसँग २–२ गोलको बराबरी खेलेको छ । र, समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

jackson ribon