birat ribon

विश्वमा कोरोना सङ्क्रमितको संख्या सात करोड नाघ्यो

Neuro
विश्वमा कोरोना सङ्क्रमितको संख्या सात करोड नाघ्यो

विराटनगर । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या सात करोड नाघेको छ । दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमित बढिरहेका छन् ।

cura insider

एकै दिन छ लाख ४९ हजार तीन सय ४८ नयाँ बिरामी थपिएपछि विश्वमा सङ्क्रमित संख्या सात करोड छ लाख ७० हजार नौ सय ५५ पुगेको हो । हालसम्म कोरोनाका कारण विश्वमा १५ लाख ८७ हजार तीन सय नौ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १२ हजार तीन सय ३६ जनाले ज्यान गुमाए ।

सङ्क्रमितमध्ये चार करोड ९१ लाख १६ हजार पाँच सय ८१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ९९ लाख ६७ हजार ६५ जनाको उपचार जारी छ । उपचाररत रहेकामध्ये एक लाख छ हजार छ सय ५२ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ६० लाख १६ हजार सात सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार एक सय ५९ नयाँ बिरामी थपिए । कोरोनाका कराण दुई लाख ९९ हजार पाँच सय पाँच जनाले अमेरिकामा ज्यान गुमाइसकेका छन् ।

एकै दिन दुई हजार सात सय ८६ जनाको मृत्यु भयो । सङ्क्रमितमध्ये ९३ लाख १७ हजार नौ सय ४२ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु डिस्चार्ज भएर घर फर्किएका छन् । ६३ लाख ९९ हजार तीन सय २६ जना उपचाररत रहेकोमा २७ हजार दुई सय १८ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा ९७ लाख ९६ हजार नौ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन ३४ हजार छ सय ६६ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ४२ हजार दुई सय २२ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ८७ जनाको मृत्यु भयो ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा छ । सङ्क्रमितमध्ये ९२ लाख ९० हजार एक सय ८८ जना उपचारपछि निको भएका छन् । तीन लाख ६३ हजार पाँच सय ८२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ६७ लाख ८३ हजार पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र ५३ हजार चार सय २५ नयाँ बिरामी थपिए । कोरोनाका कारण ब्राजिलमा एक लाख ७९ हजार आठ सय एक जनाको मृत्यु भइसकेको छ । एकै दिन सात सय ६९ जनाले ज्यान गुमाए ।

ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमितमध्ये ५९ लाख ३१ हजार सात सय ७७ जनाको उपचार सम्भव भएको छ । छ लाख ७१ हजार नौ सय ६५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था खतरापूर्ण छ ।

jackson ribon