Rumpum Advertisement

खोप लगाएपनि मास्क लगाउन छोड्न नहुने कारण यस्ता

खोप लगाएपनि मास्क लगाउन छोड्न नहुने कारण यस्ता

विराटनगर/ कोभिडको खोपले समस्या समाधान गरी सङ्क्रमण रोक्ने अधिकांशले सोचेका हुन्छन् । खोपले शरीरमा एन्टिबडीहरू विकास गर्न र विषाक्त भाइरस पहिचान गर्न सिकाउँछ तर, सम्पूर्ण रूपमा भाइरसलाई हटाउँदैन ।

यसले वास्तवमा कत्तिको प्रतिरक्षा दिन्छ, खोपको प्रभावकारिता वा प्रसारण जोखिमलाई घटाउँछ भन्ने हालसम्म पनि प्रमाणित भएको छैन । खोपको प्रभावकारिता पनि क्लिनिकल परीक्षण र वास्तविकबाट भिन्न हुने हुँदा खोपले क्लिनिकल परीक्षणमा देखाएजस्तो ठ्याक्कै नतिजा देखाउन सक्दैन ।

अरबौं मानिसलाई खोप लगाउने सजिलो काम पक्कै होइन । प्रत्येक वयक्तिलाई खोपको फाइदाहरूको बारेमा विश्वस्त गराउन गाह्रो हुनेछ । सुरुमा जोखिम समूहमा रहेका जेष्ठ नागरिक, विश्वव्यापी स्वास्थ्यकर्मीलाई खोप लगाइने भएको छ ।

जनसङ्ख्याको बहुमतलाई खोप लगाइदिन र भाइरसविरुद्ध सुरक्षित हुनका लागि कम्तिमा ३ वर्ष लाग्न सक्छ । साथै, विभिन्न रोगका कारण खोप लगाउन नसकिने पनि धेरै छन् ।

जसको मतलब तिनीहरू अझै पनि सङ्क्रमित हुने जोखिममा छन् र भाइरस अरूमा सार्न सक्छन् । भाइरस म्युटेट गर्न र समयको साथ विकसित हुँदै जानेहुन्छ र सार्स कोभ २ भाइरसमा पनि यो हुने देखिन्छ ।

कोभिडको  पुन: सङ्क्रमण हुने सम्भावना पनि देखिएको छ । त्यसैले, खोप लगाएपनि यसले कति लामो समयसम्म सुरक्षा प्रदान गर्न सक्छ भन्ने वैज्ञानिकहरूले बताउन सकेका छैनन् ।

कसले खोप लगाएको वा नलगाएको पनि थाहा हुँदैन । केही कोभिड खोपले पर्याप्त सुरक्षा प्रदान गर्ने सहायक र बूस्टर शटको प्रयोग गर्न आवश्यक पर्न सक्छ ।

यस्तो बेला, जब कोही मानिस सङ्क्रामण हो कि होइन भनेर थाहा हुँदैन । मास्क र अन्य सावधानीका उपाय अपनाउनाले सङ्क्रमणको जोखिमलाई कम गर्छ । त्यसैले, खोप लगाएपनि अझै पनि मास्क लगाउनु नै पर्ने हुन्छ ।

मास्क निकालेर स्वतन्त्र रूपमा घुम्न उपयुक्त हुने समय कहिले आउँछ भनेर अहिले नै भन्न सकिँदैन ।

यो धेरैजसो जोखिम, पहिलादेखि स्वास्थ्यमा समसया भएका, खोपको प्रभावकारिता, स्वास्थ्य दिशानिर्देशप्रतिको सजगता र गतिविधिको प्रकार जस्ता कारकमा निर्भर गर्छ ।

कोरोना भाइरसको विस्तार रोक्न वा सुस्त पार्न खोपको प्रभावकारिताको वास्तविक डाटा नआएसम्म मास्कको प्रयोग छोड्नु वा जोखिमपूर्ण गतिविधिमा संलग्न हुनु बुद्धिमानी निर्णय हुँदैन ।

रोगबाट पर्याप्त सुरक्षाको लागि स्वास्थ्य उपायको अन्य प्रकारभन्दा मास्कले राम्रो काम गर्छ ।

मास्कलाई सही रूपमा प्रयोग गर्दा ७० प्रतिशतसम्म फैलिन सक्ने श्वासप्रश्वासको सङ्क्रमणको जोखिमलाई घटाउन सक्छ ।

भीडभाडमा सङ्क्रमित व्यक्तिले मास्क लगाउँदा यसले भाइरस, वा सम्पर्कबाट फैलिने जीवाणुको प्रसारण रोक्न सक्छ ।