Rumpum Advertisement

गर्भावस्थाको सुरुआती चरणमा देखिने केही असामान्य लक्षण

गर्भावस्थाको सुरुआती चरणमा देखिने केही असामान्य लक्षण

विराटनगर/ महिनावरी रोकिनु, स्तन दुख्ने तथा थकान गर्भावस्थाको सुरुआती चरणमा देखिने सामान्य लक्षण हुन् । यी लक्षणबाहेक गर्भावस्थाको बेलामा एक गर्भवती महिलाले विभिन्न लक्षणहरू अनुभव गर्ने गर्छन् ।

गर्भावस्थाको सुरुआती चरणमा देखिने असामान्य सात लक्षणहरू यस्ता छन्ः

–बढ्दो हर्मोन र गुप्ताङ्गमा रगत प्रवाह बढेको कारण गुप्ताङ्गको स्राव हुन सक्छ । गर्भावस्थाको समयमा गर्भाशय र गुप्ताङ्गको भित्ता नरम हुने हुँदा गर्भावस्थामा हुने सङ्क्रमणबाट बच्नका लागि फिक्का पहेँलो रङको स्राव हुन सक्छ ।

–बढ्दो गर्भाशयको कारण मूत्राशयमा बढी चाप हुने गर्छ । जसकारणले गर्दा गर्भावस्थामा छोटो समयमा पटक–पटक पिसाब फेर्नुपर्ने अनुभव हुनसक्छ ।

–गर्भावस्थाको सुरुका दिनहरूमा हल्का रक्तस्राव वा थोरै रगत देखिने (स्पटिङ्ग) पनि हुनसक्छ । निषेचित अण्डा गर्भाशयको भित्तामा टाँसिने हुँदा यस्तो हुनसक्छ ।

–गर्भावस्थामा हार्मोनल र रगतको मात्रा परिवर्तन हुने हुँदा केही समयको अन्तरालमा पटक पटक टाउको दुख्न सक्छ ।

–गर्भावस्थाको कारण रक्तचापमा कमी आउने र रगत बाहिकाहरू थप खुल्ने हुँदा रिङ्गटा लाग्ने हुनसक्छ ।

–गर्भावस्थाको समयमा पेट र खानाको नलिबीचको भल्भ लुज हुने हुन्छ । जुसकारण पेटको एसिड खानाको नलिभित्र पस्न सक्छ र मुटु पोलेको जस्तो अनुभव हुनसक्छ ।

–गर्भावस्थाको अवधिमा पाचन प्रणालीले ढिलो काम गर्छ । पोषक तत्वहरूलाई रक्त प्रवाहमा समाहित गर्न र बच्चासम्म पुग्नका लागि थप समय लिने हुँदा गर्भावस्थामा प्रायः कब्जियत हुनसक्छ ।