Rumpum Advertisement

‘अन्तिम’ मा सलमान सिख पुलिस

Neuro
‘अन्तिम’ मा सलमान सिख पुलिस

विराटनगर/ बलिउड अभिनेता सलमान खान ‘ब्याक टू ब्याक’ पुलिस सिरिज फिल्ममा काम गरिरहेका छन् । पछिल्लो रिलिज फिल्म ‘दबङ्ग ३’ देखि लिएर अहिले छाँयाङ्कनमा रहेको ‘राधेः योर मस्ट वान्टेड भाइ’ मा सलमान पुलिसको अवतारमा देखिएका छन् ।

यसैबीच अभिनेता सलमानले नयाँ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ को पनि छाँयाङ्कन सुरु गरेका छन् । फिल्मको मोसन टिजर ट्विट गर्दै निर्माण टिमले फिल्मको छाँयाङ्कन सुरु भएको जानकारी दिएको छ ।

फिल्मलाई महेश मान्जरेकरले निर्देशन गर्दै छन् । फिल्ममा सलमान सिख पुलिसको भूमिकामा देखिँदै छन् । फिल्ममा सलमान र उनको ज्वाइँ आयुष शर्मा मुख्य भूमिकामा देखिँदै छन् ।

ग्याङस्टार र पुलिसबीचको लडाइँमा आधारित फिल्ममा सलमान र आयुष एकअर्कासँग भिड्ने छन् । ‘अन्तिमः द फाइनल ट्रुथ’ २०१८ मा आएको मराठी क्राइम ड्रामा फिल्म ‘मुलशी प्याटर्न’ को रिमेक हो ।