birat ribon

विश्वराज पोखरेल एआइजीमा बढुवा

Neuro
विश्वराज पोखरेल एआइजीमा बढुवा

काठमाडौं/सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

cura insider

बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । २८ कात्तिकमा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गरेको थियो । उनलाई नै बढुवा गर्न सरकारले एआइजीको दरबन्दी थप गरेको थियो ।

गृह मन्त्रालयको प्रस्तावविना नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थप भएको थियो । नेपाल प्रहरीभित्र एआईजीको बढुवामा पर्नेमा डीआईजी पोखरेल एक्ला उम्मेदवार थिए ।

jackson ribon