birat ribon

धरान र विराटनगरमा दुई कोरोना सङ्क्रमितको मृत्यु

Neuro
धरान र विराटनगरमा दुई कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर/ बिहीबार धरान र विराटनगरमा दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्खुवासभाको सभापोखरी–१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

cura insider

अस्पतालका सह–प्रवक्ता डा. चुडमणि पोखरेलका अनुसार बिहीबार मध्याह्न १२ः३० बजे उनको मृत्यु भएको हो । १० मङ्सिरमा कोरोना पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

आज नै विराटनगरको न्यूरो अस्पतालमा इटहरीका ८२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

jackson ribon