Rumpum Advertisement

कालिनको राजीनामा स्वीकृत, महर्जनलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी

Neuro
कालिनको राजीनामा स्वीकृत, महर्जनलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी

विराटनगर/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको एन्फाको कार्यसमितिको बैठकले कालिनको राजीनामा स्वीकृत गर्ने निर्णय भएको हो । कालिनले १ नोभेम्बरमा राजीनामा दिएका थिए ।

संघले सहायक प्रशिक्षक बाल गोपाल महर्जनलाई कार्यवाहक प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

कालिन मार्च १, २०१९ मा प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । कालिनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१, २०१९ मा कुवेत विरुद्ध खेलेको थियो ।

कालिनको प्रशिक्षकत्वमा नेपालले ११ अन्तर्राष्ट्रिय स्पर्धा गरेको थियो । जसमध्ये एकमा जित, दुईमा बराबरी र आठमा हार बेहोरेको थियो ।