Rumpum Advertisement

राप्रपा नेता लिङ्देनलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

राप्रपा नेता लिङ्देनलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

झापा/ राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई झापाबाट काठमाडौँ लगिएको छ । निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि उनलाई बिहीबार काठमाडौं लगिएको पार्टीका जिल्ला सचिव केशव ओझाले जानकारी दिए ।

नका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ लगिएको ओझाले बताए ।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ ।

आजै उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए ।सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल ¥यालीको नेतृत्व गरेका थिए । रासस