birat ribon

भारतबाट ल्याएको २१ वटा कुखुरा नष्ट

Neuro
भारतबाट ल्याएको २१ वटा कुखुरा नष्ट

विराटनगर/ मोरङ प्रहरीले अवैध रूपमा भारत ल्याएको ब्रोइलर कुखुरा नष्ट गरेको छ । बिहीबार विराटनगर महानगरपालिका–१६ स्थित हुलास मेटलअगाडि भारतको जोगबनीबाट अवैध रूपमा भन्सार छली ल्याएको २१ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको हो ।

cura insider

आज अपराह्न ४ः४५ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला हुलास मेटलअगाडि वेवारिसे अवस्थामा २१ वटा ब्रोइलर कुखुरा फेला पारेको थियो ।

ती कुखुराहरू बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ प्रहरी कार्मचारी तथा स्थानीय मानिसको रोहवरमा नष्ट गरिएको मोरङ प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

jackson ribon