birat ribon

विराटनगरकाे ‘ह्वाइट हाउस’बाट ३३ लाख मुल्य बराबरकाे कपडा बरामद

Neuro
विराटनगरकाे ‘ह्वाइट हाउस’बाट ३३ लाख मुल्य बराबरकाे कपडा बरामद

विराटनगर / विराटनगरको जलजला चोक नजिकै रहेको एउटा पसलबाट प्रहरीले ठूलो परिमाणमा अबैध कपडा बरामद गरेको छ ।

cura insider

विराटनगर महानगरपालिका–७ मेनरोडमा सञ्चालनमा रहेको ह्वाइट हाउस कपडा पसलबाट ३३ लाख मूल्य बराबरको कपडा बरामद गरेकाे हाे ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार विराटनगरमा नाम चलेकोमध्येको उक्त कपडा पसलका सञ्चालक तरुणकुमार साह (रौनियार) हुन ।

अवैध रुपमा कपडा भण्डारण गरी बिक्री गर्ने पाइएपछि प्रहरीको टोलीले छापा हानेर कपडा बरामद गरेको एसपी खड्काले बताए ।

पसलमा छापा हान्न वानटेन ट्रक नै लिएर प्रहरी टोली पुगेको थियो । त्यस क्रममा पसल सञ्चालन गरिएको घरको माथिल्लो तलामा भण्डारण गरेर राखेको अवस्थामा कपडा बरामद भएको एसपी खड्काले बताए । बरामद कपडाको मुल्य ३३ लाख ४१ हजार भन्दा माथि छ । पसलको गोदामबाट तीनहजार २ सय ८३ पिस सर्ट, २३ पिस सर्ट र ३५ पिस पाइन्ट बरामद गरेको थियाे । बरामद सामानको बजारमुल्य ३३ लाख ४१ हजार ९ सय बराबर छ ।

बरामद भएकाे कपडा कारबाहीका लागि बरामद भएको कपडा विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको खड्काले बताए ।

कोरोना महामारीका कारण लामो समयदेखि नेपाल–भारत आवतजावत बन्द छ । सीमा नाका शिल गरिएको छ त चोरबाटो हुँदै तस्करी तिब्र भइरहेको छ

सीमावर्ती नाकाबाट तस्करी नरोकिएपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले तस्करीलाई शून्यमा झार्न निर्देशन दिएका छन् ।

jackson ribon