विराटनगर / पूर्व–पश्चीम राजमार्गको झापा मेचिनगर खण्डमा ७० वर्षीया वृद्धाको शव फेला परेकाे छ । मेचीनगर नगरपालिका- १३ स्थित चारआली नजिकै कल्भटमुनि हत्या गरी फालिएकाे अवस्थामा वृद्धाकाे शव फेला परेकाे हाे ।
अर्जुनधारा नगरपालिका ११ बस्ने ७० वर्षीया वृद्धाकाे हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
कोइरालाका अनुसार वृद्धाको हत्यामा सङ्लग्न भएको आरोपमा भद्रपुर नगरपालिका –४ का ३५ वर्षीय विशाल बिर्जालाई नियन्त्रणमा लिइएको हो ।
विर्जा आफैंले आफूले हत्या गरेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । साेधपुछ गर्ने क्रममा उनले नै हत्या गरेकाे स्वीकार गरेकाे प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।