birat ribon

‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन अनुबन्ध

Neuro
‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन अनुबन्ध

विराटनगर/फिल्म ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी नयाँ फिल्मको तयारी गर्दै छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई लिएर निर्देशक भण्डारी ‘कहानी तिम्रो मेरो’ फिल्म बनाउन लागेका हुन् ।

cura insider

फिल्म थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ । थ्री प्रोडक्सनको ब्यानरमा पछिल्लो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र अहिले आउन लागेको नयाँ ‘डान्स मास्टर लीला चाम्स’ निर्माण भएको हो ।

फिल्ममा अहिलेका चल्तिका कलाकारलाई लिने तयारी गरिँदै छ साथै मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको निर्माण टिम बताउँछ । केकी र निराजनले पहिले पनि केही म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् ।

jackson ribon