विराटनगर/ देशभर बिहीबार थप एक हजार दुई सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक हजार दुई सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४५ हजार छ सय ५० पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज एक हजार ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३१ हजार छ सय एक जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार छ सय ५३ पुगेको छ ।