Rumpum Advertisement

एम्बाप्पले तोडे मेस्सीको कीर्तिमान

एम्बाप्पले तोडे मेस्सीको कीर्तिमान

विराटनगर/ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

गए राति भएको समूह चरणको अन्तिम खेलमा टर्किस क्लब स्तानबुल बसाखसेरविरुद्ध दुई गोल गरेका एम्बाप्पे च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा २० गोल गर्ने खेलाडी बनेका छन् ।

पिएसजीले बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बसाखसेरलाई ५–१ गोलान्तरले हराउँदै पिएसजीले अघिल्लो चरणमा स्थान बनाएको थियो ।

पिएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने एम्बाप्पे दुई गोल गरे ।

एम्बाप्पेले खेलको ४२औं मिनेटमा र ६२औं मिनेटमा गोल गरेका थिए । यससँगै एम्बाप्पेले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई उछिने । एम्बाप्पेले २१ वर्ष ३५५ औं दिनमा च्याम्पियन्स लिगमा २० गोल पुर्‍याए ।

मेस्सीले २२ वर्ष २६६ औं दिनमा २० गोल पुर्‍याएका थिए । रियल मड्रिडका लिजेन्ड राउलले २२ वर्ष २९७ दिनमा, अलेक्सान्द्रो डेल पेएर्रोले २३ वर्ष १५७औं दिनमा तथा करिम बेन्जेमाले २३ वर्ष २८२ औं दिनमा च्याम्पियन्स लिगमा २० गोल गरेका थिए ।