Rumpum Advertisement

सन्दीप मंगलबार बिग बास खेल्न अस्ट्रेलिया जाने

सन्दीप मंगलबार बिग बास खेल्न अस्ट्रेलिया जाने

विराटनगर/नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पीनर सन्दीप लामिछाने बिग बास लिग खेल्न आगामी मंगलबार अस्ट्रेलिया जाने भएका छन् ।

सन्दीपका व्यवस्थापक रमेश सिवाकोटी उनी १५ डिसेम्बरमा अस्ट्रेलिया जाने जानकारी दिए ।उनका अनुसार सन्दीप कतार एयरवेजमा मंगलबार बिहान ११ गते काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

भोलिपल्ट एडिलेट पुगे पनि उनी १४ दिन क्वारेन्टाइन बस्नुपर्नेछ । त्यसपछि मात्र उनी मैदान उत्रिन पाउनेछन् ।

अघिल्लो सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका सन्दीपले यस सिजन होबार्ट हुरिकेन्सबाट खेल्दैछन् ।

नयाँ सिजनको बिग बास लिग आजबाट सुरु भइसकेको छ । आजै सन्दीपको टिम होबर्ट हुरिकेन्सले घरेलु मैदानमा सिड्नी सिक्सर्ससँग खेलिरहेको छ ।