Rumpum Advertisement

यी हुन् घरभित्र वायु प्रदूषणको आश्चर्यजनक स्रोत

यी हुन् घरभित्र वायु प्रदूषणको आश्चर्यजनक स्रोत

विराटनगर/बाहिरी वायु प्रदूषणको हानिकारक प्रभावबाट आफूलाई जोगाउन व्यस्त रहँदा भित्री हावाको गुणस्तर पनि त्यस्तै खराब हुन सक्ने कुरालाई बिर्सनु हुँदैन ।

भित्री वायु प्रदूषकको स्तर प्राय बाहिरी स्तरभन्दा दुईदेखि पाँच गुणा बढी हुन सक्छ र केही अवस्थाहरूमा यो सय गुणा बढी पनि हुन सक्छ । प्रदूषित हावामा सास फेर्दा सास फेर्न गाह्रो हुने, ब्रोन्काइटिस, दमदेखि स्ट्रोकजस्ता कार्डियोभास्कुलर समस्याहरू निम्तिन सक्छ । त्यसैले भित्री वायु प्रदूषणको स्रोत पत्ता लगाउन र हावाको गुणस्तर सुधार गर्न आवश्यक कदम चाल्नु आवश्यक हुन्छ ।

वायु प्रदूषणमा प्रमुख योगदानकर्ता भान्छा कोठा हो । केही कुकवेयर र अनुचितरूपमा स्थापित गरिएको ग्यास चुल्होले घरमा हानिकारक ग्याँस तथा रसायन छोड्न सक्छ । यी रसायन तथा ग्यासको उच्च स्तरका कारण वाकवाकी लाग्ने, टाउको दुख्ने, भ्रम र श्वासप्रश्वासको समस्या निम्तिन सक्छ । सबैलाई प्रत्यक्ष र सेकेन्ड ह्यान्ड धुम्रपानको खतरा थाहा छ, तर थर्ड ह्यान्ड धुम्रपान पनि स्वास्थ्यका लागि त्यति नै हानिकारक हुन्छ ।

थर्ड ह्यान्ड धुम्रपानमा सिगरेट निभिसके पनि सुर्तीको रसायनिक अवशेष कपडा, भित्ता, फर्निचर, कालीन, कुशनलगायतका अन्य सामग्रीमा टाँसिन्छ । यो अन्य दुई प्रकारको धुम्रपान जस्तै हानिकारक हुने हुँदा यसले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । भित्ता रङ्गाउन प्रयोग गरिने अधिकांश रङमा भिओसी हुन्छन् । यो हानिकारक रसायन भिजेको अवस्थामा हावामा परिणत भई श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ ।

जोखिम कम गर्न झ्याललाई खुला राख्न, भिओसी धेरै कम भएको वा भिओसी नभएको रङको प्रयोग गर्नुपर्छ । गलैंचा नयाँ होस् वा पुरानो, दुबै वायु प्रदूषकको ठूलो स्रोत हुन सक्छन् । नयाँ गलैचाको फेब्रिक तथा यसको गमले हानिकारक ग्याँस छोड्न सक्छ । जब कि पुरानो गलैंचा धुलो, घरपालुवा जनावरको कपाल, ढुसीजस्तो एलर्जेन्सको लागि चुम्बक हुन सक्छ ।

गलैंचा फेर्दा वा सफा गर्दा धेरै मानिसले टाउको दुख्ने, छालामा र्‍यास आउने, आँखा र घाँटीमा जलन हुने गुनासो गर्छन् । यसबाट बच्नका लागि गलैंचालाई हप्तामा हरेक पटक राम्रोसँग सफा गर्नुपर्छ । घर सफा गर्ने सामग्रीले मात्र घर सफा गर्न मद्दत गर्छ भने सोच गलत हुन सक्छ । केही सफाइ सामग्रीमा रहेको केमिकलले विषाक्त फोम उत्सर्जन गरी भित्री हावालाई सास फेर्न हानिकारक बनाउन सक्छ ।

त्यसैले, कुनै पनि सफाइ उत्पादन किन्नुअघि एरोसोल नभएको र सुगन्ध नभएको उत्पादन छान्नु पर्छ ।