Rumpum Advertisement

सामान्य धाँटी दुखाइ र कोभिडले निम्त्याउने घाँटीको दुखाइको भिन्नता

Neuro
सामान्य धाँटी दुखाइ र कोभिडले निम्त्याउने घाँटीको दुखाइको भिन्नता

विराटनगर/घाँटीको दुखाइ विभिन्न स्वास्थ्य समस्याको कारण हुन सक्छ ।

संक्रमण वा सुख्खा हावाजस्ता वातावरणीय कारकहरूद्वारा घाँटी सुख्खा हुने, दुख्ने, चिलाएको जस्तो लाग्ने भावना सुरु हुने गर्छ । घाँटीको दुखाइलाई सामान्य चिसो र फ्लूको साधारण लक्षण हुनुको साथसाथै सिडिसीको रिपोर्टअनुसार घाँटीको दुखाइलाई पनि कोभिडको सामान्य लक्षणका रुपमा घोषणा गरिएको छ ।

कोभिडको सङ्क्रमणमा देखिने यो कम सामान्य लक्षण हो जुन हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ । कोभिडको सङ्क्रमणबाहेक घाँटी दुखाइको समस्या सामान्य चिसो, मौसमी एलर्जी, फ्लू र अन्य श्वासप्रश्वासको रोगबाट ग्रस्त व्यक्तिहरूमा पनि देखिन सक्छ । यो वातावरणीय कारक जस्तै सुख्खा हावाबाट पनि ट्रिगर हुन सक्छ ।

घाँटी दुखाइको प्रत्येक सङ्केतलाई कोभिडको सङ्क्रमण भन्न मिल्दैन । कोरोना भाइरसबाट सङ्क्रमितले घाँटी दुखाइका साथै, ज्वरो, सुख्खा खोकी र थकान लगायतका अन्य लक्षण पनि अनुभव गर्छन् । यदि घाँटी दुखाइको लक्षण मात्र देखिए यो कोभिडको सङ्क्रमणभन्दा पनि अन्य संक्रमण, रोग वा एलर्जीको समस्या हुने बढी सम्भावना रहन्छ ।

कोरोना भाइरसको सङ्क्रमण एक श्वासप्रश्वासको रोग हो । भाइरस सजिलै नाक र घाँटीभित्र पस्न सक्छ, जसले गर्दा दुखाइ हुन्छ । भाइरस नाक र घाँटीको सहकार्यमा रहेको झिल्लीमा प्रवेश गरेपछि यसले सुन्निने समस्या निम्त्याउँछ जसकारण बिरामीहरूमा घाँटी दुखाइको अनुभव हुन्छ । सङ्क्रमित व्यक्तिले महसुस गरेको दुखाइलाई ‘फेरेन्जाइटिस’ भनिन्छ ।

सामान्य चिसो र अन्य फ्लूको अवस्थामा पनि घाँटीको दुखाइ यही तरिकाले ट्रिगर भएको हुन्छ । तर, कोभिडबाहेक अन्य रोगमा घाँटी दुख्ने प्रक्रिया सुरुमा देखा पर्छ । अनियमित घाँटीको दुखाइलाई उचित औषधि र घरेलु तरिकाको साथ सजिलै उपचार गर्न सकिन्छ ।

प्रशस्त पानी पिउँनाले दुखाइलाई चाँडो निको हुन मद्दत गर्छ । घाँटीमा दुखाइ कम गर्नका लागि तातोपानीमा नुन मिसाएर कुल्ला पनि गर्न सकिन्छ । यसबाहेक छिटो निको हुनका लागि लगातार स्टिम लिन पनि सकिन्छ ।