Rumpum Advertisement

चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखियो : युएई

Neuro
चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखियो : युएई

विराटनगर/युनाइटेड अरब एमिरेट्स (युएई) ले आफ्नो देशमा भइरहेको तेस्रो परीक्षणको आधारमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ८६ प्रतिशतसम्म प्रभावकारी पाइएको बताएको छ ।

चीन नेसनल फार्मास्युटिकल ग्रुप वा सिनोफर्मले बनाएको उक्त खोपलाई आधिकारिकरूपमा दर्ता गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोपको कुनै गम्भीर सुरक्षा चुनौती देखाएको छैन । खोपको प्रभावकारिताबारे जारी गरिएको पहिलो जानकारीमा थप तथ्याङ्क भने दिइएको छैन ।

एक सय २५ देशका ३१ हजारजना सहभागीमध्ये कति जना बिरामी परे वा उनीहरूलाई खोप वा प्लेसबो दिएकोसमेत खुलाइएको छैन । साथै, खोपको साइड इफेक्टका बारेमा पनि कुनै जानकारी दिइएको छैन । खोपको प्रभावकारिताका बारेमा सार्वजनिक भनाइका अनुसार खोप लिएका ९९ प्रतिशतमा भाइरसलाई आक्रमण गर्ने एन्टिबडीहरू उत्पादन गरेको छ ।

र, खोप लिने सबैमा कुनै पनि मध्यम वा गम्भीर कोभिडको संक्रमण देखा परेको छैन । तथ्याङ्कको अभाव र खोपको घोषणा सिनोफर्मबाटै किन नआएको प्रश्न गर्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । दुबईका शासक शेख मोहमद बि रसिद अल मख्तुमसहित युएईका शीर्ष अधिकारीले नोभेम्बरमा चीनको खोप लगाइसकेका छन् ।

सिनोफर्म खोप एक आपतकालीन कार्यक्रमअन्तर्गत १० लाख चिनियाँ नागरिकलाई पहिल्यै दिइएको छ ।