Rumpum Advertisement

विराटनगर मेनरोडबाट ठूलो परिमाणमा कपडा बरामद

Neuro
विराटनगर मेनरोडबाट ठूलो परिमाणमा कपडा बरामद

विराटनगर / प्रहरीले विराटनगर मेनरोडमा रहेको पसलबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।

विराटनगर- ९ जलजला चाेक नजिकै रहेकाे ह्वाइट हाउस कपडा पसलकाे गाेदाममा छापा मारेकाे प्रहरीले बिलबिजक नभेटिएकाे कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा प्रहरीले छापा मारेको थियो ।बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । ह्वाइट हाउस तरुणकुमार साह (रौनियार) ले सञ्चालन गरेको पसल हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादु राईले बरामद कपडा बारे अनुसन्धान भइरहेको बताए ।

याे पनि :विराटनगरकाे ‘ह्वाइट हाउस’बाट ३३ लाख मुल्य बराबरकाे कपडा बरामद