birat ribon

गायिका टिका सानुले प्रष्ट पारिन् कृष्ण कँडेलसँगको सम्बन्ध

Neuro
गायिका टिका सानुले प्रष्ट पारिन् कृष्ण कँडेलसँगको सम्बन्ध

विराटनगर/पछिल्लो समय सामाजिक सञ्जालमा दुईवटा कुराले ठूलै चर्चा पाइरहेको छ । एउटा हो नायिका श्वेता खड्काको बिहे र अर्को हो टिम इन्द्रेणीसँग गायिका टिका सानुको विवाद । यता नायिका श्वेताको बिहेको चर्चा सेलाउँदै गइरहेको छ भने उता गायिका टिका सानु चर्को विरोधमा मुसिँदै जाँदैछिन् ।

cura insider

कार्यक्रम ईन्द्रेणीबाट चर्चामा आएकी गायिका टिका सानु र ईन्द्रेणीका सञ्चालक तथा गायकबीच सामान्य विषयमा भएको कुराकानीको विषयले सामाजिक सञ्जालमा निकै ठाउँ पाइरहेको छ । कार्यक्रमको सुटिङका क्रममा भएको केही सामान्य वादविवादका केही दृश्यहरु सम्पादनमा समस्या भएका कारण टीका सानुको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

सो कार्यक्रममा टिकाले ईन्द्रेणी र कलाकारहरु एकअर्काका परिपुरक भएको तर ईन्द्रेणीले मात्रै नचिनाएको बताइन् । विवाद झन्–झन् चर्किदै गएपछि टिका सानु लाइभमा आइन् । कृष्ण कँडेलसँग सम्बन्ध बिग्रिएको हो या हैन, प्रष्ट पार्न आफ्नो केही भनाइ राख्दै कृष्ण कँडेललाई पनि लाइभमा जोडेर यस विषयमा विस्तृत कुराकानी गरिन् ।

‘मलाई आजको दिनसम्म ल्याउनुमा ईन्द्रेणीको कुनै योगदान छैन, कतै भनेकी छु र ? कलाकार र संस्थाबीचको सम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ?’ टिका सानु बताउँछिन् ।

विवादपछि लाइभमा आएका कृष्ण र टिकाले आफूहरुमा कुनै समस्या नभएको बताएका छन् । लाइभमा कृष्ण र टिकाले यो विषयका कारण एकअर्काबीच समस्या नभएको र भोलिका दिनमा सँगै मिलेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

jackson ribon