birat ribon

बेलायतमा फाइजरको खोपले गरायो एलर्जी, एलर्जी हुनेलाई खोप नलिन चेतावनी

Neuro
बेलायतमा फाइजरको खोपले गरायो एलर्जी, एलर्जी हुनेलाई खोप नलिन चेतावनी

विराटनगर/बेलायतमा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लिने दुई जनामा एलर्जिक असर देखिएको छ ।

cura insider

मङ्गलबार खोप अभियानमा सहभागी जनाई खोप लिएका दुई जनालाई एलर्जी भएको हो । खोप लगाएपछि असर देखिएका दुवै जना राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारी हुन् । एनएचएसका कर्मचारी र उनीले खोप लिइएको अस्पतालको पहिचान खुलाइएको छैन । योसँगै बेलायतको औषधि तथा स्वास्थ्य सेवा नियामक निकायले कुनै प्रकारको एलर्जी भएका वा हुने मान्छेलाई उक्त खोप नलिन चेतावनी जारी गरिएको छ ।

एनएचएसका निर्देशक स्टेफेन पोविसले पहिले एलर्जी भएका दुई जनामा खोपले एलर्जीका असर देखाएपछि एलर्जिक प्रतिक्रियाको इतिहास भएका मानिसहरूलाई यो खोप नलिन सल्लाह दिएका छन् । उपचारपछि दुवै जनाको स्वास्थ्य सुधार भइरहेको उनले जनाए । एलर्जी प्रतिक्रियामा छाला चिलाउने, छालामा दाग, सास फेर्न गाह्रो हुने तथा अनुहार र जिब्रो सुन्निने जस्ता लक्षण देखाउन सक्छ ।

एनएचएसले कुनै पनि औषधि, खाना वा खोपमा भएका पदार्थको एलर्जी हुने तथा पहिलादेखि एलर्जीको इतिहास भएकालाई फाइजर र बायोएनटेकले विकास गरेको खोप नदिन अनुरोध गरेको छ ।

jackson ribon