birat ribon

प्रतितोला नौ सयले घट्यो सुनको मूल्य

Neuro
प्रतितोला नौ सयले घट्यो सुनको मूल्य

काठमाडौँ÷स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला नौ सयले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार चार सयमा कारोबार भएको थियो ।

cura insider

यस्तै तेजाबी सुनसमेत प्रतितोला नौ सयले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार नौ सय ५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार दुई सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

jackson ribon