birat ribon

सिटीको सहज जित

Neuro
सिटीको सहज जित

विराटनगर/युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि ३–० गोलको सहज जित निकालेको हो ।

cura insider

सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन फेरान टोरेस र सर्जियो अगुएरोले समान एक–एक गोल गरे । सिटीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको ४८आंैं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ७७औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

९०औं मिनेटमा मार्सेलीका अल्भारो गोन्जालेजले आत्मघाती गोल गरेपछि सिटीले ३–० गोलको जित निकालेको हो ।

जितसँगै समूह ‘सी’को समूह विजेता सिटीले ६ खेलबाट १६ अङ्क जोड्यो छ । मार्सेली भने ३ अंकका साथ पुछारमा रह्यो ।

सोही समूहको पोर्टोले ओलम्पियाकोसलाई २–० गोलले हराउँदै अघिल्लो चरणमा स्थान बनायो ।

jackson ribon