birat ribon

एथ्लेटिको मड्रिड अन्तिम १६ मा

Neuro
एथ्लेटिको मड्रिड अन्तिम १६ मा

विराटनगर/ स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रियन क्लब आरबी साल्जबर्गमाथि २–० गोलको जित निकाल्दै एथ्लेटिकोले अघिल्लो चरणमा स्थान बनाएको हो ।

साल्जबर्गको मैदानमा एथ्लेटिकोलाई जिताउन मारियो हर्मोसो र यानरिक कर्रास्कोले समान एक–एक गोल गरे ।

cura insider

३९औं मिनेटमा हर्मोसो र खेल सकिन चार मिनेट बाँकी छँदा कर्रास्कोले गोल गर्दै एथ्लेटिकोलाई जिताए ।

जितसँगै एथ्लेटिको समूह ‘ए’को दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । उसले ६ खेलबाट ९ अंक बनायो । साल्जबर्गसँग ४ अंक छ भने लोकोमोटिभ मस्कोसँग ३ अंक छ ।

सोही समूहको बायर्न म्युनिख भने अगाडि नै अन्तिम १६ मा पुगिसकेको छ । गए राति भएको खेलमा बायर्नले मस्कोमाथि २–० गोलको जित निकाल्यो ।

jackson ribon