विराटनगर/ स्पेनिस क्लब रियल मड्रिड युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब मोन्चेनग्लाडबाचमाथि २–० गोलको जित निकाल्दै रियलले अघिल्लो चरण्मा स्थान बनाएको हो ।
रियलको मैदानमा घरेलु टोलीलाई जिताउन करिम बेन्जेमाले दुई गोल गरे । उनले खेलको नवौं मिनेट र ३२औं मिनेटमा गोल गर्दै रियललाई जिताए ।

जितसँगै रियल समूह ‘बी’को समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो । उसले ६ खेलबाछ १० अंक बनायो । पराजित मोन्चेनग्लाडबाच पनि अन्तिम १६ मा पुग्यो । उसले ८ अंक बनाएको थियो ।
सोही समूहका इन्टर मिलान र शख्तर डोनेस्कले गोलरहित बराबरी खेलेपछि मोन्चेनग्लाडबाचले गोलान्तरको आधारमा डोनेस्कलाई उछिन्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
