birat ribon

नेयमारको ह्याट्रिकमा पिएसजीको फराकिलो जित, समूह विजेता बन्दै अघिल्लो चरणमा

Neuro
नेयमारको ह्याट्रिकमा पिएसजीको फराकिलो जित, समूह विजेता बन्दै अघिल्लो चरणमा

विराटनगर/ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

cura insider

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्किसको क्लब स्तानबुल बसाखसेरलाई ५–१ गोलान्तरले हराउँदै पिएसजीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

पिएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने किलियन एम्बाप्पे दुई गोल गरे । बसाखसेरका मेहमेट टोपालले एक गोल फर्काए ।

खेलको २१औं मिनेटमा नेयमारको गोलमा पिएसजीले सुरुआती अग्रता बनाएको थियोा । ३८औं मिनेटमा उनले दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।

४२औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई पहिलो हाफभरि ३–० गोलको अग्रता दिलाए ।

५०औं मिनेटमा नेयमारले ह्याट्रिक गोल गरेपछि पिएसजीले आफ्नो अग्रता अझ फराकिलो बनायो ।

५७औं मिनेटमा टोपालले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६२औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि पाँचौं गोल गर्दै पिएसजीलाई फराकिलो जित दिलाए ।

पिएसजी र स्तानबुलको खेल हिजोलाई तय भएको थियो । तर, खेलका दौरान स्तानबुलका सहायक प्रशिक्षकलाई फोर्थ अफिसियलले रङ्गभेदी व्यवहार गरेको भन्दै इस्तानबुलका खेलाडीहरूले मैदान छोडेपछि सो खेल रद्द भएको थियो ।

यस जितसँगै पीएसजी १२ अंक बनाउँदै अघिल्लो चरणमा स्थान बनाएको छ । ऊ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अघिल्लो भेटमा पीएसजी अवे मैदानमा २–० गोलले विजयी भएको थियो ।

सो समूहबाट जर्मन क्लब आरबी लेइपिजले अघिल्लो चरणमा स्थान बनाइसकेको छ भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बाहिरिएको छ । मंङ्गलबार राति युनाइटेडमाथि लेइपिजले ३–२ गोलको जित निकालेको हो ।

jackson ribon