birat ribon

अमेरिकामा सङ्क्रमित एक करोड ६० लाख नजिक

Neuro
अमेरिकामा सङ्क्रमित एक करोड ६० लाख नजिक

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या एक करोड ६० लाख नजिक पुगेको छ ।

cura insider

आफूलाई विश्वकै शक्तिसाली भनेर चिनाउने अमेरिका कोरोना सङ्क्रमणका कारण अत्याधिक प्रभावित मुलुक हो । पछिल्लो २४ घण्टामा एक लाख ९९ हजार एक सय ६६ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको संख्या एक करोड ५७ लाख ९२ हजार पाँच सय १२ पुगेको छ ।

एकै दिन दुई लाख नौ हजार ४० जनाको ज्यान गएसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने सङ्क्रमितको संख्या दुई लाख ९६ हजार तीन सय ६३ पुगेको छ । सङ्क्रमितमध्ये ९१ लाख ९८ हजार ४४ जना उपचारपछि निको भएका छन् । ६२ लाख ९८ हजार एक सय पाँच जना उपचाररत रहेकोमा २७ हजार आठ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा सङ्क्रमितको संख्या ९७ लाख ६२ हजार तीन सय २६ पुगेको छ । एकै दिन २६ हजार तीन सय ५१ नयाँ बिरामी थपिए । कोरोनाका कारण एक लाख ४१ हजार सात सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा छ ।

सङ्क्रमितमध्ये ९२ लाख ४४ हजार पाँच सय पाँच जना उपचारपछि निको भएका छन् । तीन लाख ७६ हजार ८६ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन ५४ हजार दुई सय तीन नयाँ बिरामी थपिएपछि सङ्क्रमित ६७ लाख ३० हजार एक सय १८ पुगेका छन् । पछिल्लो २४ घण्टामा आठ सय ४८ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमितको संख्या एक लाख ७९ हजार ३२ जनाको पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा छ ।

सङ्क्रमितमध्ये ५९ लाख एक हजार पाँच सय ११ जना उपचारपछि निको भएका छन् । छ लाख ४९ हजार पाँच सय ७५ जनाको उपचार जारी रहेको वाल्डो मिटरले जनाएको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा सङ्क्रमित संख्या छ करोड ९१ लाख ८० हजार नौ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा छ लाख ११ हजार छ सय २३ नयाँ बिरामी थपिए । एकै दिन ११ हजार आठ सय ८९ जनाको मृत्यु भएपछि विश्वमा कोरोनाका कारण ज्यान गुमाउने सङ्क्रमितको संख्या १५ लाख ७४ हजार चार सय १८ पुगेको छ ।

संक्रमितमध्ये चार करोड ७९ लाख ४० हजार नौ सय ५५ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ९६ लाख ६५ हजार छ सय आठ जना उपचाररत रहेकोमा एक लाख छ हजार दुई सय १० जनाको अवस्था गम्भीर छ ।

jackson ribon