birat ribon

भारतमा आन्दोलनरत किसानले गरे सरकारको प्रस्ताव अस्वीकार

Neuro
भारतमा आन्दोलनरत किसानले गरे सरकारको प्रस्ताव अस्वीकार

विराटनगर/ भारतमा आन्दोलनरत किसानले कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्ताव अस्वीकार गरेका छन् ।

आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनुपर्ने अडान राखेका छन् ।

cura insider

सरकारले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै आइरहेको कानूनहरू किसानहरूले भने खारेज नै गर्नुपर्ने अडान राखेपछि सरकार थप समस्यामा परेको छ ।

गृहमन्त्री अमित शाहले बोलाएपछि मङ्गलबार किसान अगुवाहरूसँग भएको बैठकपछि सरकारले संशोधनका लागि प्रस्ताव पठाएको हो ।

क्रान्तिकारी किसान युनियनका अध्यक्ष दर्शन पालले आफूहरूलाई सरकारले पठाएको प्रस्ताव अस्वीकार्य रहेको बताए । उनले आन्दोलन अझ सशक्त हुने दाबी गरे ।

आन्दोलनरत सङ्गठनहरूले यही डिसेम्बर १४ तारिखका दिन सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का कार्यालयहरूमा धर्ना दिने तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम बनाइएको जनाएका छन् ।

यो कार्यक्रम देशका धेरै ठाउँमा हुने पनि उनले बताए ।

त्यसैगरी उनीहरूले डिसेम्बर १२ मा दिल्ली–जयपुर राजमार्गमा अवरोध गर्नेगरी आन्दोलनको कार्यक्रम तय गरेका छन् ।

jackson ribon