birat ribon

मेयर शाक्यको स्वीकारोक्ति : चाहेर पनि धेरै काम गर्न सकिएन

Neuro
मेयर शाक्यको स्वीकारोक्ति : चाहेर पनि धेरै काम गर्न सकिएन

काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शायले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षाअनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।

cura insider

मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । उनले भने, ‘खानेपानी, ढल, सडक, बिजुली, इन्टरनेटको तारलगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्वसमेत उठाउने निकाय अलग–अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ।’

तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफैँ काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।

jackson ribon